उपत्यकाका तीनै जिल्ला सहित थपिए २७ जना कोरोना संक्रमित

Corona

काठमाडौँ । मंगलबार काठमाडौं उपत्यकाका तीनै जिल्लामासहित २७ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मंगलबार ३ जना संक्रमित थपिएका छन् भने भक्तपुर र ललितपुरमा १र१ जना कोरोना संक्रमित भेटिएका छन् । ललितपुरमा कोरोनाभाइरसको संक्रमण पहिलो पटक देखिएको हो ।

त्यस्तै  झापामा ९, मोरङ १, सुनसरी १, सर्लाही २, मकवानपुर १, रामेछाप १, सिन्धुली १, लमजुङ १, नवलपरासी १ र कपिलवस्तुमा ४ जना कोरोना संक्रमित थपिएका छन् । आज थपिएका मध्ये २४ पुरूष र तीन महिला छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ । मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार अब कोरोनाभाइरसको संक्रमण ३६ जिल्लामा पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...