अस्पतालमा कोरोनाका बिरामी भेटिएपछि टिचिङमा सिल, अस्पतालभित्र प्रवेशमा रोक

Tiching hospital

काठमाडौं । अस्पतालमा भर्ना भएका एक बिरामीमा कोरोना भाइरसको संक्रमण पाइएपछि काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालले वार्ड सिल गरेको छ ।

अस्पतालको न्युरो वार्डमा भर्ना भएका एक बिरामीमा कोरोना भाइरसको संक्रमण भएपछि बिरामीको उपचारमा संलग्न चिकित्सक, नर्स, अन्य कर्मचारी तथा वार्डमै रहेका बिरामी चिन्तित भएका छन् ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा न्युरो सर्जरी वार्डमा एक हप्ताअघि भर्ना भएकी ६ बर्षकी बालिकामा कोरोना संक्रमण देखिएको थियो । ती बालिकालाई कपिलवस्तुबाट उपचारका लागि काठमाडौँ ल्याइएको थियो । कोरोना पोजेटिभ देखिएपछि अहिले अस्पतालमा खैलाकैला मच्चिनुका साथै तनावग्रस्त भएको छ ।

अहिले बाहिरबाट कर्मचारी र स्वास्थ्यकर्मी बाहेकलाई अस्पतालभित्र प्रवेशमा रोक लगाइएको छ । शिक्षण अस्पतालमा कार्यरत चिकित्सकसहितका स्वास्थ्यकर्मीले सबैजनाको पिसिआर परीक्षण गर्न माग गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती बिरामीको कोरोना रिपोर्ट अझै सार्वजनिक गरेको छैन । चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अस्पताल प्रशासनले पिपिइ, गुणस्तरीय मास्क र स्यानिटाइजरसमेत उपलब्ध गराएको छैन ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...