एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालको हातमा

काठमाडौं । नेपालले एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । मलेसियामा मंगलबार भएको फाइनल खेलमा हङकङलाई  ६ विकेटले हराउँदै नेपाल विजेता बन्न सफल भएको छ ।

उपाधिसँगै  नेपाल आगामी अगस्ट–सेप्टेम्बरमा श्रीलंकामा हुने एसीसी यू–१९ एसिया कपमा छनोट हुन सफल भएको छ ।

नेपालले समूह चरणका खेलमा चीनलाई १० विकेट र सिंगापुरलाई २१७ रनले पराजित गरेको थियो । सोमबार भएको सेमिफाइनलमा मेलेसियालाई ७ विकेटले पराजित गरी नेपाली युवा टोलीले फाइनलमा प्रवेश गरेको थियो । 

 क्वालालम्पुरको किनरारा मैदानमा  भएको खेलमा  नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको हङकङको युवा टोलीले  ४३.१ ओभरमा अलआउट भई ९५ रन बनाएको थियो । 

हङकङले दिएको ९६ रनको लक्ष्य नेपाली युवा टोलीले १६।१ ओभरमा ४ विकेट गुमाएर पूरा गरी जित हात पारेको हो । नेपालको जितका लागि पवन सरार्फले  ३९  रनको योगदान गरे । पवनले ३६ बलमा ५ चौका र १ छक्का प्रहार गरे । रित गौतम १४ बलमा १३ र खडक बोहरा २२ बलमा ८ रन बनाएर आउट भए । कप्तान रोहितकुमार पौडेल १० बलमा १२ रन बनाएर आउट  हुँदा भीम सार्की ८ रन बनाई नटआउट रहे । ६ बल सामना गरेका हरिबहादुर चौहानले  रन जोड्न सकेनन् ।

हङकङका लागि रौनक कपुरले २, मोहमद हसन खान र हसन खानले नेपालको एक÷एक विकेट लिए । नेपालका सागर ढकाले एक्लैले हङकङको ५ विकेट लिए । १० ओभर बलिङ गरेका उनले ५ मेडनसहित १८ रन खर्चिएर ५ किवेट लिएका हुन् । सागरपछि कमलसिंह ऐरीले ३ विकेट लिन सफल भए । कुशल मल्ल र पवन सरार्फले एक–एक विकेट लिए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

यौनसम्पर्क गरेपछि पैसा नदिँदा यौनकर्मीले ट्रक चालकको लिङ्ग काटिदिइन्

Sex

काठमाडौँ । चालकले राजमार्गमा ट्रक रोक्छन् । यौनकर्मीलाई चढाउँछन् । दुवैबीच सम्पर्क हुन्छ । चालकसँ...