भुल्केमा थप एक महिलामा कोरोना संक्रमण पुष्टी, नेपालमा संक्रमितको संख्या ११० पुग्यो

Corona update

विराटनगर । शनिबार उदयपुरको भुल्केका थप एकजना महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ ।

योसँगै उदयपुरमा एकैदिन ४ महिलामा कोरोनाको संक्रमण देखिएको छ । आजै बिहान भुल्केकै तीनजना महिलामा संक्रमण देखिएको थियो ।

विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा एक महिलामा कोरोना पोजेटिभ देखिएको हो । उनीहरूलाई विराटनगरको कोसी अस्पताल भर्ना गरिएको छ ।

आज थपिएकी संक्रमितलाई भने भोलि अस्पताल पठाउने जिल्ला स्वास्थ्य कार्यालयले तयारी गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...