बालबालिकालाई कोरोना संक्रमणको जोखिम कम

Corona children

काठमाडौं । महामारीका रूपमा विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट झन्डै ३० लाख मानिस संक्रमित भइसकेका छन् । यसबाट ज्यान गुमाउनेको संख्या दुई लाख नाघेको छ । तर, हालसम्मको तथ्यांक हेर्दा कोरोनाबाट बालबालिका भने कम पीडित भएको पाइन्छ । वयस्क व्यक्तिको तुलनामा बालबालिकामा कोरोना संक्रमणको जोखिम कम रहेको विभिन्न अनुसन्धानले देखाएका छन् ।

चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले २० फेब्रुअरीसम्मका करिब ७२ हजार तीन सय १४ जना कोभिड–१९ संक्रमितको अध्ययन गरेको थियो । तीमध्ये दुईजना मात्र १९ वर्षभन्दा कम उमेरका थिए । अमेरिकामा गरिएको अर्को अध्ययनमा पाँच सय आठ मृतकमध्ये एकजना पनि बालबालिका थिएनन् ।

चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले करिब ७२ हजार तीन सय १४ जना कोभिड–१९ संक्रमितको अध्ययन गरेको थियो । तीमध्ये दुईजना मात्र १९ वर्षभन्दा कम उमेरका थिए ।

चिकित्सकहरूका अनुसार वयस्क व्यक्तिले बढी घुमफिर र भेटघाट गर्ने भएकाले उनीहरू कोरोना भाइरसको सिकार हुने गर्छन् । तर, बालबालिकामा संक्रमण भए पनि लक्षण नदेखिएको हुन सक्ने विषयलाई मनन गर्दै अर्को कोणबाट पनि अध्ययन सुरु गरिएको छ ।

यद्यपि, हालसम्म भएका अनुसन्धानले वयस्कको तुलनामा बालबालिकालाई भाइरसको असर कम भएको भने देखाएको छ । हालसम्म जम्मा ३ जना किशोरावस्थाका व्यक्तिको कोरोनाको कारण मृत्यु भएको छ । जसमा बेल्जियमकी १२ वर्षीया किशोरी, लन्डनका १३ वर्षीय किशोेर र चीनमा १४ वर्षीय किशोर छन् । कोरोना संक्रमितमध्ये आधाभन्दा बढी बच्चामा मात्र एकदमै सामान्य लक्षण देखिएको बालबालिकासम्बन्धी एक अनुसन्धानले पुष्टि गरेको छ ।

कोरोनाको लक्षण देखिएको आशंका गरिएका बालबालिकालाई ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, सिँगान बग्ने र शरीर दुख्नेजस्ता समस्या देखिएको छ । जबकि, एकतिहाइ बच्चालाई निमोनिया, सास फेर्न गाह्रो हुने समस्या र लगातार ज्वरो आउने गरेको छ । यीमध्ये, धेरै कम बच्चामा मात्र सास फेर्न गाह्रो हुने समस्या छ ।

बेलायतस्थित साउथह्याम्टन विश्वविद्यालयका बालरोग विशेषज्ञ डा. ग्राहम रोबर्ट्स भन्छन्, ‘कोभिड–१९ बच्चाहरूको माथिल्लो भागमा सीमित छ । फोक्सो, नाक, मुख र घाँटीमा होइन । उनीहरूलाई खोकी लाग्ने र समान्य आँखाको समस्या हुन सक्छ । दि न्युयोर्क टाइम्सबाट

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...