यौनसम्पर्कका बेला कण्डम फुटे के गर्ने ? जान्नैपर्ने यी तथ्य

Kandam 14

काठमाडौं । युवावस्थामा यौनइच्छा एकदमै तीव्र हुने भए पनि यौनसम्पर्क र त्यसका असरका लागि हामी पूर्णरूपमा तयार हुँदैनौं । यौनका विषयमा केही जानकारी भए पनि यौनसम्बन्धमा आवश्यक सीप नहुन सक्छ । त्यसैले आइपर्न सक्ने स्थितिका लागि तयार नहुँदा नै प्रजनन स्वास्थ्यसम्बन्धी दुर्घटना घट्छ ।

आफ्नो पार्टनरसँग गर्भ निरोधकका लागि या अपरिचितसँग यौनसम्पर्क गर्दा कण्डम प्रयोग गर्नुभएको बेला फुट्यो भने तपाईलाई कम्ती तनाव हुँदैन । त्यसमा पनि अपरिचितसँग यौनसम्पर्क गरेको बेला कण्डम फ्टेर्मा कैयन् आशंका जन्मिन सक्छन् ।

कण्डम फुट्नबाट जोगिन कण्डमको गुणस्तरीयता र सही ढंगले प्रयोग गर्न जान्नुपर्छ । खासगरी कण्डमको टुप्पोमा हावा रहन गएमा फुट्ने सम्भावना बढी हुन्छ । त्यसैले यदि तपाईले कण्डम प्रयोग गर्दा पनि सही ढंगले गर्नुभएन या कुनै कारणले त्यो फुट्यो भने के गर्ने त ?

विवाहपूर्व यौनसम्पर्क भएर गर्भ रहँदा त्यस्तो गर्भ अनियोजित मात्र हुने होइन, अनिच्छित पनि हुन्छ र अनेक समस्या सिर्जना हुनसक्छ। कतिपय बेला योजना अनुसार बच्चा जन्माउन खोजिएको बेला यस्तो समस्याले थप चिन्ता बढाउन सक्छ ।

कण्डमले अनिच्छित गर्भ रहने मात्रै नभएर गम्भीर प्रकारका यौनरोगको संक्रमण हुन सक्छ । एउटा सानो गल्तीले जीवनभरी पछुताउनु पर्ने हुनसक्छ । त्यसैले थाहा पाऔं, यदि यो फुटि नै हालेमा चाहिँ के गर्ने त ? कन्डम फुटेको थाहा भए पनि अत्तालिनु हुँदैन, शान्त रहने प्रयास गर्नुपर्छ जसले सही निर्णय गर्न सहयोग गर्छ ।

यौनसम्पर्क गर्दागर्दै वीर्य स्खलन हुनुभन्दा पहिले नै कन्डम फुटे यौनसम्पर्कलाई तुरुन्त रोकेर लिङ्ग निकाल्नुपर्छ र नयाँ कन्डम लगाएर मात्र यौनसम्पर्कलाई निरन्तरता दिनुपर्छ ।

वीर्य स्खलन भैसकेको भए, सावधानीपूर्वक लिङ्गलाई बाहिर झिक्नुपर्छ । त्यसपछि लिङ्ग तथा त्यसको वरिपरिको क्षेत्र साबुन तथा मनतातो पानीले राम्रोसँग पखाल्नुपर्छ । कन्डम फुटेको घटनाको सम्भावित असरका बारेमा आफ्नो जोडीसँग विस्तृत कुराकानी गर्नुपर्छ। आवश्यक लागे आकस्मिक गर्भनिरोधको उपाय अपनाउनु उपयुक्त हुन्छ ।

यदि तपाईले अपरिचित व्यक्तिसँग यौनसम्पर्क गर्नुभएको हो भने केही समयभित्रै एचआइभीको परीक्षण गर्नु पर्दछ । यदि एचआइभी देखिएन तर तपाईले यौनसम्पर्क राखेको व्यक्तिमा एचआइभी हुनसक्ने या भएको खण्डमा तत्कालै प्रोफाइल्याक्सिस नामक औषधी सेवन गर्नुपर्दछ । यसले एचआइभीको संक्रमण हुन दिँदैन ।

यसका साथै यौनांग वरिपरि चिलाउने या घाउ खटिरा आएमा तत्कालै यौनरोगको पहिचान गरी उपचार गर्नुपर्दछ । अनिच्छित गर्भ रहन नदिन चिकित्सकको सल्लाहमा गर्भ रहन नदिने औषधी सेवन गर्न सकिन्छ । एजेन्सी

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...