होटल तथा रेष्टुरेन्ट व्यवसायी संघले दियो प्रगतिपथका मजदुरलाई राहत

बुटवल । लकडाउनका कारण दैनिक गुजारा गर्न समस्या परेका २१ घर परिवारलाई होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, रुपन्देहीले राहत वितरण गरेको छ ।
संघले बुटवल उपमहानगरपालिका वडा नं. १३ प्रगतीपथमा बसोबास गरी दैनिक मजदुरी गर्ने, हाल वेरोजगार अवस्थामा रहेका र अति विपन्न २१ घर परिवारलाई राहतस्वरुप चामल, दाल, तेल जस्ता दैनिक उपभोग्य बस्तुहरु बुधबार वितरण गरेको हो ।
राहत वितरणमा संविधानसभा सदस्य विनोद पहाडी, संघका अध्यक्ष समुन्द्र श्रेष्ठ, समाजसेवी डिआर घिमिरे, संघका सचिव मोहन पाण्डे, रिता घिमिरे, मधुकला कुँवर, पदम कार्की, सिता आचार्य, बुटवल वडा नं. १३ का वडा सदस्य सरस्वती परियारको सहभागिता थियो । सो राहत सामाग्रीको सौजन्य होटल तथा क्याटरिङ व्यवसायी ज्ञानप्रसाद खनालले गरेका थिए ।
प्रतिकृया दिनुहोस