लकडाउनले कण्डमको माग ह्वात्तै बढेको बढ्यै

Condam

यतिबेला कोरोना भाइरसका कारण विश्व हल्लिएको छ । लकडाउनका कारण सारा मानिसहरु घरभित्रै बस्न बाध्य भएका छन् । कोरोना भाइरसको कारणले बिरामी मात्र बढेका छैनन् । मानिसमा डर उत्तिकै बढेको छ । लकडाउनपछि बजारमा खाद्यान्नका सामान पाउन गाह्रो भएको छ ।

बजार खुलेपछि मानिसहरु लाइन लाग्न थालेका छन् । यस्तो अवस्थामा खाद्यान्नसँगै परिवार नियोजनको अस्थायी साधन कण्डमको माग पनि बढेको छ ।

विवाहित जोडी र अविवाहित पनि सँगै बसेका जोडीहरु अहिले कण्डम किन्न मेडिकल र फार्सेमीमा देख्न सकिन्छन् । कतिले भने अनलाइन सपिङ साइटहरुबाट पनि कण्डम मगाइरहेका छन् । यो घटना भारतको हो । लकडाउनले बाहिर गतिविधि ठप्प भएसँगै मानिसहरु घरभित्रै रमाउने कोसिस गरिरहेको देख्न सकिन्छ । अहिले भारतका केही मेडिकल स्टोरहरुमा कण्डमको कमी भएको भारतीय सञ्चारमाध्यमले समाचार लेखेका छन् ।

आजतकका अनुसार भारतम कण्डमको बिक्री २० देखि २५ प्रतिशतसम्म बढेको छ । मानिसहरु पहिलाभन्दा धेरै कण्डम किन्न थालेका छन् । मेडिकल पसलका कर्मचारीका अनुुसार पहिला साना प्याकेटहरु बिक्ने गरेकोमा अहिले भने ठूला–ठूला प्याकेटहरु बिक्ने गरेको बताउँछन् ।

प्रायजसो नयाँ वर्षमा यसको बिक्री अत्याधिक हुने भएता पनि लकडाउनका कारण अहिले कण्डमको ब्यापार बढेको दिल्लीमा मेडिकल चलाइरहेका रमण शर्माले बताए । ‘हामीले पनि कण्डम ३० प्रतिशतले बढाएर मगाएका छौँ,’ उनले भने, ‘लकडाउन लम्बियो भने अझै माग बढ्न सक्छ ।’

लकडाउनका कारण मानिसँग एकदमै धेरै समय हुन्छ । विशेषत नव विवाहित जोडीहरुको लागि यो ‘होम हनिमुन’ बनिदिएको छ । उनीहरुले हनिमुनको लागि अफिसबाट छुट्टी नै लिनु नपर्ने भएको छ । सरकारले नै उनीहरुलाई २१ दिनको छुट्टी दिएको छ । विभिन्न कामको कारण एकअर्कालाई समय दिन नपाउनेहरु पनि अहिले एकसाथ भएका छन् ।

कैयन अध्ययनको रिपोर्टले पनि युद्ध र महमारीको समयमा मानिसहरु बढी शारीरिक सम्पर्क गर्ने गरेको पुष्टि गरेको छ । यस्तो अवस्थामा मानिसहरुमा डर पैदा हुने भएकोले पनि एकअर्कामा प्रेम देखाउन चाहन्छन् । अहिले भारतमा मात्र होइन संसारभर नै कण्डमको माग बढेको छ ।

कैयौँ अन्तर्राष्ट्रिय मिडियाहरुका अनुसार मास्क र सेनिटाइजरको साथमा मानिसहरुले कण्डम पनि किनिरहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...