सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भए अर्का युवा

Corona positive nepal

धनगढी । कैलालीको धनगढीका युवक ३० दिनको अस्पतालको बसाईपछि कोरोनामुक्त भएका छन् । उनी सुदूरपश्चिमबाट कोरोनालाई जितेर घर फर्किने दोस्रो युवा हुन् ।

सुदूरपश्‍चिमका पहिलो कोरोना संक्रमित ती युवक सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएका हुन् । धनगढी उप(महानगरपालिका –५ का ३४ वर्षीय युवक ३० दिन अस्पताल बसेपछि कोरोनालाई जितेर मंगलबार घर फर्किएका हुन् ।

लगातार दुई पटकसम्म कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको हो । दुबईबाट आएका उनमा चैत १४ गते कोरोना पुष्टि भएको थियो ।

तीनपटक परीक्षण गर्दासम्म उनमा कोरोना रिपोर्ट ‘पोजेटिभ’ देखाएको थियो । ३० दिनसम्म अस्पतालमा उपचार गराएपछि निको भएर डिस्चार्ज भएका हुन् ।

अब सेतीमा तीन जना संक्रमितको उपचार भइरहेको छ । यता काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट दुईजना र बाग्लुङ अस्पतालबाट एकजना कोरोना संक्रमित निको भएर घर गइसकेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...