गुठी विधेयकविरुद्ध बल्यो राँको, तात्न थाले उपत्यकाभित्रका नेवार समुदाय

काठमाडौं । सरकारले संसदमा पेश गरेको गुठी विधेयकको विरोधमा ललितपुरको पाटनमा मसाल जुलुस निस्किएको छ । स्थानीय नेवार समुदायले शुक्रबार साँझ मसाल जुलुस निकालेका हुन् । गुठी विधेयकले नेवार संस्कृतिमाथि प्रहार गरेको भन्दै नेवार समुदायले पाटनमा मसाल जुलुस निकालेका हुन् ।

जुलुस पाटन पाटन दरबार स्वायरबाट बेलुका साँढे ६ बजे मसाल जुलुस गाभाहल, असोक हल, पाटन ढोका हुँदै पुन मंगलबजार पुगेर टुंगिएको हो । 

गुठी संरक्षण आन्दोलनका अभियन्ता रविन्द्र ताम्राकारले सरकारले उक्त विधेयकमार्फत संस्कृति, सम्पदा मास्न खोजेको र सामान्यरुपमा आन्दोलन गर्दा सुनुवाई नभएकाले मसाल जुलुस निकाल्नुपरेको बताए ।

सरकारले गम्भीर भएर नसोच्दा जनताले आगो बालेर हिड्नुपर्ने अवस्था आएको र जति नै कराए पनि सरकारले नसुन्ने प्रवृत्तिको विकास भएका कारण मसाल जुलुस निकालिएको उनीहरुले बताएका छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...