गाउँपालिकाका इन्जिनियर श्रेष्ठ १ लाख घुससहित पक्राउ

राजविराज । सप्तरीको रुपनी गाउँपालिकाका इन्जिनियर विकास श्रेष्ठ १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित सम्पर्क कार्यालयको टोलीले बिहीबार बिहानै उनलाई पक्राउ गरेको हो ।

राजविराज–६ स्थित डेराबाटै श्रेष्ठलाई पक्राउ गरिएको टोलीको नेतृत्व गरिरहेका डिएसपी श्यामकुमार सारु मगरले जानकारी दिए । उनी काठमाडौं महानगरपालिकाका स्थायी बासिन्दा हुन् ।

तत्कालीन जिल्ला विकास समितिको योजनाअनुसार तरहीस्थित स्वर्ण खोलामा निर्माण गरिएको झोलुङ्गे पुल फरफारकका क्रममा श्रेष्ठले उपभोक्ता समितिबाट घुस लिएको अख्तियारले दाबी गरेको छ । योजनामा श्रेष्ठ साइड इन्जिनियर थिए ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...