बस र ट्याङ्कर जुध्दा १८ जना घाइते, ४ को अवस्था गम्भीर

मुग्लिन । पृथ्वीराजमार्गको इच्छाकामना–३ चुम्लिङटारमा आइतबार बिहान ११ः३० बजे बस र ट्रक एकआपसमा ठोक्किँदा बसमा सवार १८ घाइते भएका हुन् । घाइते मध्य ४ जनाको अवस्था गम्भीर रहेको मुग्लिन इलाका प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ना १ क ६४११ नं को ट्याङकर र गोरखाबाट काठमाडौँ जाँदै गरेको ना ४ ख १४०४७ नं को बस जुध्दा सो दुर्घटना भएको हो ।  घाइतेमध्ये छ जनालाई कुरिनघाटस्थित पोलिक्लिनकमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर लगिएको र अन्यको सोही पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अहिले दुबै बस र तीनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

एकै परिवारका ५ जनाको मृत्यु भएपछि आज सार्वजनिक विदा

Sarbajanik bida

काठमाडौं । त्रियुगा नगरपालिका वडा नम्बर १० वडा कार्यालयले एकै परिवारका ६ जनाको निधन भए पछि वडा का...