नेकपा सचिवालय बैठक १२ बजेसम्मका लागि सारियो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको बिहान ९ बजेका लागि बोलाईएको बैठक मध्यान्ह १२ बजेका लागि सारिएको छ । मंगलाबार र बुधबार बसेको बैठकले नेताहरुको कार्यविभाजनको टुंगो लगाउन नसकेपछि बैठक आजका लागि बोलाईको थियो।


नेताहरुको व्यस्तताले बैठक १२ बजेका लागि सारिएको प्रधानमन्त्रीका प्रेस सम्योजक चेतन अधिकारीले जानकारी दिए। जिल्ला इन्चार्ज र सहइन्चार्जको मापदण्डलाई लिएर नेकपामा कुरा मिलेको छैन।


आजको बैठकमा लगातार दुई दिन बसेको सचिवालयको बैठकमा भएका छलफलमाथि थप छलफल गरेर टुंग्याइने पार्टी प्रवक्ता नारायाणकाजि श्रेष्ठले जानकारी दिए। त्यसबाहेक संगठनात्मक एकिकरणका अरु बाँकी कामका विषयमा छलफल पनि गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए।


प्रतिकृया दिनुहोस