मोटरसाइकलाई ट्रिपरले ठक्‍कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते

काठमाडौँ । मोटरसाइकललाई ट्रिपरले ठक्कर दिँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भीर घाइते भएका छन् । इदुल फित्र पर्व मनाउन घर आउँदै गरेका दम्पति सवार मोटरसाइकललाई ट्रिपरले ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

कलैया पिलुवा सडकखण्डअन्तर्गत बाराको कलैया उपमहानगरपालिका–२६ श्रीपुरमा मङगलबार दिउँसो ट्रिपरले ठक्‍कर दिँदा बाराको सिसवा महेशपुरकी ३५ वर्षीया खुश्बु नेशा खातुनको घटनास्थलमै मृत्यु भएको हो।

ना ८ ख ३१२९ नम्बरको ट्रिपरले वीरगन्जबाट कलैया जाँदै गरेको ना १६ प ९७५७ नम्बरको मोटरसाइकलाई दिउँसो पौने १ बजेतिर ठक्‍कर दिएको हो । ट्रिपरको ठक्‍करबाट मोटरसाइकल चालक मृतक खातुनका श्रीमान् ४० वर्षीया जाकिर हुसेन गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुसेनको कलैयास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...