श्रीमतीलाई मासु किन्न पठाएर भान्जीलाई मुख थुनेर बलात्कार

झापा । भान्जीलाई बलात्कार गरेको घटना बाहिरीएको छ । मामाघरमा बसेर बढ्दै गरेकी एक किशोरीलाई सहोदर मामाले बलात्कार गरेका छन  । सहोदर मामाले जबरजस्ती करणी गरेको घटना ढाकछोप गर्न परिवारका सदस्य नै सक्रिय भएको समेत खुलेको छ ।

दुधेका ४१ वर्षिय मामाले आफ्नै घरमा बस्ने १६ वर्षीया भान्जीलाई करणी गरेपछि घटना ढाकछोपको प्रयास भएको हो ।

बिहिबार बिहान घरमा कोही नभएको मौकाछोपी मामाले करणी गरेको र कसैलाई नभन्न दबाब दिएको बालिकाले बताइन् । ‘घरमा कोही पनि हुनुहुन्थ्यो, माइजुलाई पनि मासु किन्न पठाएर मामाले मलाई मुख थुनेर त्यस्तो गर्नुभयो’ किशोरीले भनिन् ।

स्थानीय विद्यालयमा अध्ययनरत ती बालिकाले आइतबार साथीलाई रुँदै घटनाबारे सुनाएपछि उनीहरुले प्रहरीलाई जानकारी गराएका थिए । इलाका प्रहरी कार्यालय झिलझिलीका प्रहरी प्रमुख प्रहरी निरीक्षक ढुण्डीराज गिरीले अभियुक्त मामालाई सोमबार नै पक्राउ गरेको बताए ।

पीडितका बुबा भारतको दार्जिलिङ र आमा वैदेशिक रोजगारमा रहेका कारण प्रहरीमा जाहेरी दिने अभिभावक समेत नरहेको अवस्थामा प्रहरीको आग्रहमा विद्यालयकी एक शिक्षिकाले जाहेरी दर्ता गरेकी छन् । अभियुक्त पक्राउ परेसँगै वैदेशिक रोजगारीमा रहेकी पीडित बालिकाकी आमालाई समेत दबाब र प्रभावमा पारेर ‘मेडिकल टेष्ट’ र जाहेरी दर्ता नगर्न दबाब दिइरहेको पाइएको छ ।

इलाका प्रहरी कार्यालय झिलझिलले पीडित बालिका र अभियुक्तको समेत ‘मेडिकल टेष्ट’ गराएको र थप अनुसन्धान भइरहेको जनाएको छ । दार्जिलिङ घर भएकी पीडित बालिका अहिले विद्यालय र प्रहरीको संरक्षणमा छिन् । ती बालिका विगत २ वर्षदेखि मावलमा बसेर अध्ययनरत थिइन् । मामाले यस अघि पनि चुम्बन गर्ने लगायतका शारीरिक र्दुव्यवहार गर्दै आएको पीडित बालिकाले बताइन् ।

प्रतिकृया दिनुहोस