विद्यालयमा काम गर्ने युवकद्धारा सात वर्षीया बालिका बलात्कृत

पर्वत । पर्वत विहादी गाउँपालिकामा सात वर्षीया बालिका बलात्कृत भएकी छिन् । पर्वतको दक्षिणी भेगमा पर्ने बिहादि गाउँ पालिका वडा ५ उरामको खोरोपोखरा मा रहेको चन्दमाध्यमिक विद्यालयमा लेबर काम गर्दै आएको पैँयू गाउँपालीका–६ सरौखोला घर भइ बिहादि गाउँपालिका– ५ मा लेबर काम गर्दै आएका १९ वर्षीय सुरज परियारले बिहीबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ ।

सुरजले खोरोपोखरामा रहेको चन्द्र माध्यमिक विद्यालयमा ज्यामी काम गर्दै आएका थिए । इलाका प्रहरी कार्यालय हुवासका प्रमुख प्रहरी निरीक्षक मित्रबहादुर आचार्यका अनुसार सुरजले विद्यालयको केही तल लगेर ती बालिकालाई जबर्जस्ती करणी गरेको स्वीकार छन् । 

घटनापछि भाग्दै गरेका उनलाई इलाका प्रहरी कार्यालयको टोलीले राति १० बजे उरामबाट पक्राउ गरेको हो । पीडित बालिकालाई स्वास्थ्य परीक्षणको लागि पोखराको गण्ड्की अस्पतालामा पठाइएको छ । पक्राउ परेका सुरजसँग घटनाको विषयमा अनुसन्धान भइरहेको पनि प्रहरी निरीक्षक मित्रबहादुर आचार्यले जानकारी दिए ।

प्रतिकृया दिनुहोस