छोरा नभएको मौका छोपी बुहारीको बलात्कारपछि बीभत्स हत्या

बझाङ । बझाङमा एक महिलाको बलात्कारपछि बिभत्स हत्या भएको छ । सुर्मा गाउँपालिका– ४ गौखेडा बस्ने लक्की पुजाराकी करिब २५ वर्षीया श्रीमती जुना पुजाराको छिमेकी ससुरा (अंकल) नाता पर्ने लोकेन्द्र पुजाराले हत्या गरेको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीकाअनुसार बिहीबार बेलुका ४ बजे धारामा लुगा धोइरहेकी जुनाको धारामै पछाडीबाट हँसियाले सिधै घाँटीमा प्रहार गरेको र गोठमा लगेर बलात्कार गरी नाङ्गै पारेर विछिप्त अवस्थामा छोडेको प्रहरीले जनाएको छ । हत्या आरोपी लोकेन्द्र पुजारालाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ । हत्याको कारण भने नखुलेको प्रहरीको भनाई छ ।

प्रतिकृया दिनुहोस