छिमेकी पुरुषसँग यौन सम्पर्क राख्दा जन्मेको बच्चाको घाँटी थिचेर हत्या

सल्यान । छिमेकी पुरषसँग यौन सम्पर्क राख्दा जन्मेको शिशुको हत्या भएको छ । जिल्लाको दर्मा गाउँपालिका–३ बेरुखेतमा अबैध बच्चा मृत फेला परेको हो । बच्चाको लास सोही गाउँ नजिकैको जंगलमा परिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

गाउँलेले जंगलमा गाडिएको अवस्थामा लास देखेपछि प्रहरीलाई खबर गरेका थियो । इलाका प्रहरी कार्यलय फारुला र थारमारेको टोलीले मुचुल्का बनाएको छ । स्थानीय २५ वर्षीया आशा बिकले परपुरषसँग यौन सबन्घ राख्दा जन्मिएको र पछि उनैले हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रहरीले विकलाई पक्राउ गरिएको जनाएको छ । लासलाई पोष्टमाटमका लागि जिल्ला अस्पताल सल्यान पठाएको  प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...