अण्डा र मासुमा आत्मनिर्भर बनाइने, कृषी ज्ञान केन्द्रको विकास गर्न कल सेन्टरको स्थापना गरिने

काठमाडौं । सरकारले अण्डा र मासुलाई आत्मनिर्भर बनाउन पशुपालन र मत्स्य पालनलाई प्राथमिता दिने भएको छ । व्यवसायीक खेती गर्नेलाई अनुदान दिइने र मेसिनरी खरिदमा कर छुट दिइने भएको छ । 

साना किसान विकास बैंकमार्फत किसानलाई सहयोग गर्न १ अर्ब विनियोजन गरेको छ । सरकारले सबै प्रदेशमा विउको परिक्षणका लागि पनि बजेट विनियोजन गरेको छ ।

स्थानीय तहमा माटो परिक्षण गरिने छ । शहरी क्षेत्रमा निस्किने फोहोर व्यवस्थापन गरेर मल बनाइने छ । बायोग्यास उत्पानमा प्रोत्साहन गरिने । अग्र्यानिक खेतीमा प्रोत्साहन गरिने छ । 

कृषी सामाग्रीको विकासका लागि हाटबजारको विस्तार गरिने छ । मोवाइल एप्सको स्थापना गरिने भएको छ । खाद्यन्न भण्डारलाई व्यवस्थित बनाउँदै लगिने छ । सबै प्रदेशमा खाद्यन्न भण्डार स्थतापना गरिने छ । 

कृषी ज्ञान केन्द्रको विकास गर्न कल सेन्टरको स्थापना गरिने भएको छ । कृषी योग्य क्षेत्रका सिचाईको व्यवस्था गरिने भएको छ । साना तथा मझौला सिचाई आयोजना स्थानीय तह र प्रदेशसँग मिलेर गरिने भएको छ । 

सौर्य उर्जालाई पनि उत्तिकै प्राथमिकतामा राखेको छ । उच्च पहाडमा उपयुक्त स्थानमा सिचाई गर्न खानी जम्मा गरिने भएको छ । नदी किनारमा तटबन्ध निर्माण गरिने भएको छ । नदी नियन्त्रणलाई पनि उत्तिकै प्राथमितामा राखेको छ । 





प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...