बढ्यो वृद्ध भत्ता, अब मासिक ३ हजार पाउने

काठमाडौं । सरकारले ७० भन्दा माथिका वृद्धवृद्धाहरुलाई दिँदै आएको मासिक भक्ता बढाएको छ । 

हाल मासिक २ हजार रुपैया दिँदै आएकोमा अवदेखि मासिक रुपमा ३ हजार रुपैयाँ दिइने भएको छ । १३ लाख जेष्ट नागरिक लाभान्वित हुने अपेक्षा गरिएको छ । 

साथै सरकारले यसै वर्षदेखि १ लाखसम्मको विमा योजना पनि ल्याएको छ ।

मधेशका २० जिल्लामा आर्सेनिकमुक्त बनाउन बजेट ल्याएइको छ । सुख्खाग्रस्त क्षेत्रमा खानेपानीको व्यवस्था गरिने । 

भुकम्पबाट क्षेति भएका खानेपानी आयोजना सम्पन्न गर्न बजेटको व्यवस्था गरिएको छ । खुल्ला दिसामुक्त राष्ट्र बनाउँदै स्थानीय रुपबाटै जागरण ल्याइने छ । 

रोजगारमुलक कार्यक्रमलाई पहिलो प्राथमितकामा राखेको छ । आफ्नो गाउँ आफै बनाउँ कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ । अरुवाचरुवाका लागि पनि सरकारले प्रधानमन्त्री रोजगारी कार्यक्रमका लागि ५ अर्व १ करोड विनियोजन गरेको छ । 

श्रम सम्बन्धी सम्झौतालाई कार्यन्वयन गरिने छ । वैदेशिक रोगजारीमा गएकाहरुलाई बैंकिङ प्रणालीमा ल्याइने छ । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...