छिमेकीलाई छुरा प्रहार गरि फरार

इलाम । छिमेकीलाई छुरा प्रहार गरि एक युवक फरार भएका छन् ।  इलाम नगरपालिका–१२ साङरुम्बामा आज एक व्यक्तिलाई छुरा प्रहार भएको छ । साङरुम्बा नेम्बाङ गाउँका खौसीबुङ्गेको जेठो छोरा सुकराज नेम्बाङलाई छिमेकी असारेको छोरा विनोद राईले छुरा प्रहार गरेर सख्त घाइते बनाएका छन् ।

बिरामीको उपचार वितामोडमा भइरहेका र अवस्था चिन्ता जनक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यता छुरा प्रहार गर्ने राई भने फरार रहेका छन् । प्रहरीले फरार राईको खोजी कार्य तीव्र पारेको छ, भने नाकाहरुमा पनि कडा सुरक्षा व्यवस्था गरेको छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...