जेलमा रहेका रेशम चौधरीको स्वास्थ्यमा समस्या

काठमाडौं । डिल्लीबजार सदरखोरमा रहेका रेशम चौधरीको स्वास्थ्यमा समस्या देखिएको छ । उनको छातीमा इन्फेक्सन भएको राजपा नेपाल अध्यक्षमण्डलका संयोजक अनिलकुमार झाले बताए । संयोजक झा आजै रेशम चौधरीको अवस्था बुझ्न सदरखोर गएका थिए । राजपा नेपालका नेता समेत रहेका चौधरी केही दिनदेखि अस्वस्य रहेको बताइएको छ । 

रेशम चौधरीको अवस्थाबारे संयोजक झाले कारागार विभागलाई जानकारी गराएकोमा  विभागले उपचार उचित गराउने गराउने प्रतिबद्धता जनाएको छ । 

यता विभागका महानिर्देशक हरिप्रसाद मैनालीले चौधरीको उपचार भइरहेको जानकारी दिएका छन् । उनले यसअघि पनि अस्पतालबाट जँचाएर ल्याएको बताउँदै अहिले अवस्था सामान्य रहेको बताए  । कैलालीको टीकापुर घटनाको मुख्य दोषी रहेको भन्दै कैलाली जिल्ला अदालतले उनलाई जन्मकैदको फैसला सुनाएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...