बर्दियामा एकै दिन एउटै गाउँबाट तीन युवती बेपत्ता

राजापुर । बर्दियामा एकै दिन एउटै गाउँबाट तीन जना युवती बेपत्ता भएकी छन् । मधुवन नगरपालिका–५ बाट तीन महिला बेपत्ता भएका हुन । गत बुधबार बिहान ५ बजेदेखि उनीहरु बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेहरुमा मधुवन नगरपालिका–५ की १७ वर्षीया विनिता सापकोटा, १९ वर्षीया सुनिता ओली र १५ वर्षीया टीका नेपाली रहेका छन् । उनीहरुमध्ये विनिता र सुनिता विवाहित हुन् भने टीका अविवाहित भएको बताइएको छ ।

अघिल्लो साँझ घरमै भएको बुहारी भोलिपल्ट बिहान ५ बजे ओछ्यानमा नभेटिएको वितिाका ससुरा भीमराज सापकोटाले बताए । सापकोटाले बिहान उठ्दा बुहारी नभेटिएको बताएका छन् । उनीहरुले प्रयोग गरेको मोबाइल ‘स्वीच्ड अफ’ छ ।

नेपालमा भएका सम्पूर्ण आफन्तलाई सम्पर्क गर्दासमेत फेला नपरेपछि आफन्तले इलाका प्रहरी कार्यालय सानोश्रीमा खोजबिनका लागि उजुरी दिएका छन् । माइती नेपाल नेपालगञ्जमा समेत खोजबिनका लागि निवेदन दर्ता गराएका छन् ।

बेपत्ता तीनै जनाको घर नजिकै छ । इलाका प्रहरी कार्यालय सानोश्रीका प्रहरी निरीक्षक गणेशमान खड्काले उनीहरुको हुलियाको आधारमा खोजीकार्य जारी रहेको बताए । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बेपत्ताको खोजीका लागि सबै स्थानमा प्रहरी खटाइएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...