रिसइबी कै कारण बालकको अपहरणपछि हत्या, अपहरणकारीमाथि गोली प्रहार

जनकपुरधाम । वीरगञ्जमा बालकको अपहरणपछि हत्या भएको छ । उक्त घटनामा पक्राउ परेका अभियुक्त भाग्न खोजेपछि प्रदेश प्रहरी कार्यालय जनकपुरको टोलीले मंगलवार राति गोली चलाएको हो । वीरगञ्जमा जेठ १० गते शुक्रवार भएको बच्चा अपहरण घटनाका अभियुक्त भाग्न खोजेपछि गोली प्रहार गरेर पुनः पक्राउ गरिएको छ ।

पक्राउ परेका अभियुक्त विकास शर्मा, सिकिन्दर भाग्न खोजेपछि गोली प्रहार गरिएको प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालले बताए । उनका अनुसार वीरगञ्जका शम्भु शाहका ८ वर्षीय छोरा करन शाहको अपहरणपछि हत्या घटनामा छानबिन भइरहेको छ । घटनामा रामदिनेश महतो समेत पक्राउ परेका छन् ।

‘घटना अनुसन्धानका क्रममा गएराति बालकको शव खोज्ने क्रममा अभियुक्तहरू भाग्न खोजेपछि गोली प्रहार गरिएको हो,’ डीआईजी पालले भने, ‘अभियुक्तको घुँडामा गोली लागेको छ, अस्पतालमा उपचार भइरहेको छ ।’

बालकका बुवा शम्भु शाहसँगको रिसइबीका कारण विकास शर्माको समूहले बालकको अपहरणपछि हत्या गरेको पाइएको उनले बताए । ‘बालकलाई टेम्पुमा राखेर अपहरण गरिएको थियो, पछि बच्चाको आवाज रेकर्ड गर्‍यो र मार्‍यो ।

त्यसपछि बुवालाई फिरौती माग्दै बार्गेनिङ हुँदा ५० लाखदेखि ५ लाखमा कुरा मिलेको देखिन्छ,’ उनले भने, ‘तर बच्चा फिर्ता नभएपछि घटना प्रहरीसम्म पुगेको छ ।’ प्रहरीले बालकको शव फेला पारिसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...