जन्ती बोकेको ट्याक्टर दुर्घटना, १४ जना घाइते

डोटी । डोटीको दिपालय सिलगढी नगरपालिका– ४ कुल्पातेमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । 

दिपायलको तिखाबाट डडेल्धुराको कोरालखोला भन्नेठाउँमा जन्ती बोकेर जाँदै गरेको से २ त ३३२ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख मोहनसिंह धामीले बताए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

गम्भीर घाइतेको जिल्लामा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ भने अन्य १३ जना घाइतेको दिपालयको राजपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ । ट्याक्टरमा २४ जना सवार थिए ।

घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...