ह्वात्तै किन बढ्यो डिएसपी रविन्द्र गुरुङको फुर्ती ? यस्तो छ कारण

पोखरा । ‘नयाँ जोगीले खरानी धेरै धस्छ’ भन्ने उखान नौलो होइन । सोही उखान लागू हुन्छ प्रहरीमा पनि । अझ भन्ने हो भने प्रहरीमा त डिएसपीदेखि माथिल्लो तहमा पुगेपछि ‘म बाहेक अरु कोही छैन’ भन्ने भ्रम पैदा हुन्छ । यस्तै भ्रम छ डिएसपी रविन्द्र गुरुङसँग पनि । 

पछिल्लोपटक डिएसपी गुरुङको फुर्ती यसरी ह्वात्तै बढेको छ की पोखरा उनकै वरीपरि छ झै गरे । उनको फुर्तीले एसपी ओम रानासमेत तिनछक्क परेका छन् ।

गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ र नेकपाका नेता देव गुरुङको ‘राम्रो आर्शिवाद छ’ भन्दै फुँई लगाउने गरेका छन् । अझ अर्काे रोचक कुरा पोखराका चर्चित गुण्डा ‘गुप्ते’ भनिने विशाल लामासँगको हिमचिमले अहिले गुरुङको फुर्ती ह्वात्तै बढेको छ ।

डिएसपी रविन्द्र गुरुङ इनिस्पेक्टर हुँदा रामबजार, जिप्रका पोखरा, लागु औषध कास्की हुँदै पर्यटकीय नगरी पोखरा छाड्नु परेन । अहिले उनी अब प्रहरी प्रमुखका रुपमा लम्जुङ जिल्ला हाँक्ने हो भन्दै भट्याउँदै हिड्न थालेका छन् ।

पर्यटकीय नगरी पोखरामा जन्मे हुर्किएर प्रहरी सेवाको इनिस्पेक्टरमा जागिर खाएपछि उनको मान ह्वात्तै बढेको उनकै समकक्षीहरु बताउँछन् । उनको कास्की पोखरामा उत्पातै चर्चा छ । उनको सम्बन्ध होटल, रेष्टुरेन्टदेखि डनहरुसँग पनि उत्तिकै छ । पोखराका चर्चित डनहरुले आफुले जे भन्यो त्यही मान्ने भन्दै सानातिनालाई तर्साउने गरेको उनको कहानी निकै लामो र रोचक छ ।

हल्लै बढी

उनी डिएसपी हुन् भने राना एसपी । तर, गुरुङले ‘रानालाई मैले निकै हाइलाईट गराए’ भन्दै लेकसाइडमा आयोजना हुने विभिन्न रक्सी पाटीमा भन्दै आएका छन् ।

रसुवामा भएको रक्तचन्दन काण्डमा वर्तमान एसपी रानाको नाम पनि आएको थियो । तर, उनलाई कुनै कानुनले छोएन । नेपाली सेना कर्णेल रामजी थापाले जागिरबाट हात धुनुपरेको तितो यथार्थ सबैसामु छर्लंग छ ।

आफैँ रेष्टुरेन्टका मालिक 

रातो घर भनेर चिनिने पोखराको लेक साइटमा उनको रेष्टुरेष्टसमेत थियो । अरु रेष्टुरेन्ट ११ बजे बन्द हुन्छन् । उनको रेष्टुरेन्ट भने अवेरसम्म सञ्चालनमा आउँछ । 

सो रेष्टुरेन्ट र दोहोरी डान्समा धेरै डान्सर केटीहरु ल्याएर हल्ला भयो भनेर स्थानीयहरुले चर्को विरोध गरेपछि बन्द भएको छ । लेक साइटका रेष्टुरेन्ट र दोहोरी डान्समा  दुईथरी ब्यवहार भएपछि हल्लीखल्ली भएको हो ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...