आज १२ औँ सगरमाथा दिवस विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौं । आज १२ औँ सगरमाथा दिवस विभिन्न कार्यक्रम गरी मनाइदैछ। दिवसका अवशरमा पर्यटन मन्त्रालयले आज राष्ट्रिय सभागृहमा औपचारिक कार्यक्रमको आयोजना गर्ने भएको छ।

सगरमाथा शिखरमा पहिलो पटक दुई साहसी आरोही तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन आठ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथाको चुचुरोमा पुगी विश्वलाई मानवीय साहस र क्षमताको परिचय दिएका थिए । यहि दिनको सम्झना हरेक वर्ष दिवस मनाउने गरिन्छ । सगरमाथा आरोहण इतिहासको यो अवधिमा आठ हजारभन्दा बढी स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन्।

आरोहणका क्रममा हालसम्म २ सय ९० बढीको निधन भइसकेको छ। आरोहणका नयाँ विश्व कीर्तिमान पनि कायम भएका छन्। सोलुखुम्बुकी पासाङ ल्हामु शेर्पाले विसं २०५० वैशाख १० गते सगरमाथाको आरोहण गरी सगरमाथा चढ्ने प्रथम महिला आरोहीको कीर्तिमान कायम गरेकी छन्। जापानी नागरिक स्व जुन्को तावेई विश्वकै पहिलो महिला सगरमाथा आरोही मानिन्छिन्।

पछिल्लो पटक कामिरिता शेर्पाले सगरमाथाको २४औँ पटक आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन्। सरकारले आरोहणका लागि हालसम्म ४ सय १४ वटा हिमाल खुला गरेको छ। विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये नेपालमा आठ छन्। दुई साहसी आरोही शेर्पा र हिलारीले सगरमाथा आरोहण गरेको दिन मे २९ तारिकको स्मरणमा सरकारले हरेक वर्ष सगरमाथा दिवसका रुपमा मनाउने गरेको छ। 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...