मदिरा सेवन गरि श्रीमतीलाई छुरा प्रहार,दिउसै २ लाख लुटपाट गर्ने पक्राउ

काठमाडौँ । मदिरा सेवन गरि ३२ वर्षीया श्रीमती ललिता लिम्बुलाई छुरा प्रहार गरेको अभियोगमा धरान उपमहानगरपालिका–१३ जानकी चोक बस्ने ३२ वर्षीय चन्द्रबहादुर लिम्बुलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरेका चन्द्रबहादुरले घरायसी विवाद हुँदा छुरा प्रहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट अमरहाडबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनलाई छुरा १ थान सहित पक्राउ गरेको हो ।

छुरा प्रहारबाट घाइते भएकी ललिताको बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । यस्तै काठमाडौं महानगरपालिका–१६ माछापोखरीस्थित पैदलयात्रीको साथबाट नगद २ लाख रुपैयाँ लुटपाट गर्दै गरेको अवस्थामा उदयपुर गाईघाट नगरपालिका–७ घर भई हाल टोखा बस्ने २५ वर्षीय बसन्त परियारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले परियारलाई उक्त नगद लुटपाट गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...