६० वर्षे वुद्धले एक जोडीलाई यौन सम्बन्ध राख्दै गरेको देखेर मैलै पनि सम्बन्ध राख्न पाउनुपर्ने भन्दा हत्या

काठमाडौँ । बारामा अनैतिक सम्बन्ध राखेको देखेपछि एक वृद्धको हत्या गर्ने नाबालक जोडी पक्राउ परेका छन् । पक्राउ पर्नेमा १७ वर्षीय राजु रेग्मी (नाम परिवर्तन) र १६ वर्षीया राधा केसी (नाम परिवर्तन) रहेका छन् ।

उनीहरुले जेठ ६ गते सिम्रौनगढ नगरपालिका झवानीस्थित गाउँदेखि दक्षिणतर्फ घर बनाई एक्लै बस्दै आएका सोही स्थानका ६० वर्षीय महरा चमारको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एससपी) सानुराम भट्टराईका अनुसार पक्राउ परेका नाबालक जोडीले अनैतिक सम्बन्ध राख्दै गरेको अवस्थामा महरले देखेका थिए ।

उनले भने, ‘चमारले आफूले पनि सम्बन्ध राख्न पाउनुपर्ने, आफ्नो प्रस्ताव नमाने सबैलाई भनिदिने बताएपछि उनीहरुले धारिलो हतियार प्रहार गरी चमारको हत्या गरेर फरार भए ।’

उनीहरु कक्षा ९ र १० मा अध्ययनरत छन् । पक्राउ परेका दुवैलाई कर्तव्य ज्यान अन्तर्गत अदालतबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको एसपी भट्टराईले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...