एकोहोरो रुपमा कोलाहल मच्चाउने काम भइरहेको छः मन्त्री बाँस्कोटा

काठमाडौँ ।  सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटा एकहोरो रुपमा कोलाहल मच्चाउने काम भैरहेको बताएका छन् । 

१७ औँ कृष्ण सेन स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले मिडिया काउन्सिल विधेयकले प्रेस स्वतन्त्रता खतरामा पारेको भन्ने आरोप मात्रै रहेको दाबी गरेका हुन् । उनले भने, प्रेस स्वतन्त्रता खतरामा नभई समृद्धिको अवस्थामा रहेको दाबी गरेका छन् ।

सञ्चार माध्यममाथि नियन्त्रण नभई नियमका लागि सरकारले विधेयक ल्याएको उनले बताएका छन् ।भने, ‘एकोहोरो रुपमा कोलाहल मच्चाउने काम भइरहेको छ । जनताको अभिमतमाथि एनजिओ र आइएनजिओसँग मिलेर दबाब दिने काम भएको छ । सरकारले नियन्त्रण होइन नियमन गर्न खोजेको हो ।’



प्रतिकृया दिनुहोस