धादिङको २ ठाउँमा बम भेटियो

धादिङ । धादिङको थाँक्रे गाउँपालिका वडा नम्बर ६ महादेववेशीं र धुनिवेशीं नगरपालिका वडा नम्बर ६ चालिसेमा २ वटा बम भेटिएको छ । आज विहान २ बजे महादेववेशीमा सकेट बम र ५ बजे चालिसेमा प्रेसर कुकर बम भेटिएको प्रहरीले जनाएको छ ।

दुवै ठाउँमा भेटिएको बम गजुरीबाट खटिएको नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको ईलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । 

नेत्र विक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव धादिङमा पनि परेको छ । आज विहानैदेखी धादिङवेशींबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन बन्द हुँदा यात्रुहरु मारमा परेका छन् । पृथ्वीराजमार्गमा पनि सवारी साधन अन्य दिनको तुलनामा कम सवारी चलेका छन् ।


प्रतिकृया दिनुहोस