प्रहरी भन्छ, दुबै ठाउँमा भएको भएको विष्फोट विप्लव समुहले गरायो

काठमाडौं । आइतबार काठमाडौंमा दुई ठाउँमा भएका बम विष्फोटमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको संलग्नता देखिएको छ ।

दिउँसो श्रृंखलाबद्ध रुपमा बम विष्फोट भएपछि गरिएको पत्रकार सम्मेलनमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले अनामनगर र सुकेधारामा भएको विस्फोटमा विप्लव समूहको हात रहेको दावी गरे । उनले बम बनाउने क्रममा दुवै ठाउँमा विष्फोट भएको उनको तर्क छ । 

प्रहरीका अनुसार दुवै ठाउँको घटना टाइम बम बनाउने क्रममा भएको हो । सुकेधारामा भएको विस्फोटमा नख्खुस्थित एनसेल कार्यालयमा भएको विस्फोटमा संलग्न रहेका प्रहरीले जनाएको छ । 

‘दुवै विस्फोट एकै प्रकृतिको छ । यो घटनामा विप्लव समूहको हात रहेको प्रमाण हामीले फेला पारेका छौं’ उनले भने, ‘यी दुवै घटना ग्यास सिलिन्डरलाई बममा परिणत गर्ने क्रममा प्राविधिक गडबडीले हुन गएको देखिएको छ ।’

यता, ललितपुरको लगनखेल बसपार्कमा शंकास्पद वस्तु फेला परेको छ । आइतबार  साँझ ८ बजेतिर शंकास्पद वस्तु भेटिएको ललितपुर ट्राफिक प्रहरीले जानकारी दिएको छ । गोर्को चोकमा पनि शंकास्पद वस्तु फेला पारेको छ । भेटिएको शंकास्पद वस्तु निश्क्रिय पार्न नेपाली सेनाको बम विस्पोजल टोली घटनास्थल तर्फ प्रस्तान गरेको छ ।

प्रतिकृया दिनुहोस