विष्फोटको श्रृंखला : भेटियो सिलिण्डर, पड्कियो कुकर बम

काठमाडौं । आइतबार एकै समयमा काठमाडौंको सुकेधारा र घट्टेकुलोमा दुई वटा विष्फोट भए । प्रारम्भमा सुकेधारामा सिलिल्डर विष्फोट भयो भनिएको थियो । तर प्रहरीले काठमाडौंको सुकेधारामा सिलिण्डर नभई कुकर बम विस्फोट भएको आशंका गरेको छ ।

घट्टेकुलोमा भएको विस्फोटमा नेकपा विप्लव समूहको संलग्नता पाइएको छ । लोकमञ्जरी कार्कीको घरको कोठामा भएको विस्फोटमा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

घाइते भएका रविन केसीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनी नेकपा विप्लव समूहसम्बद्ध विद्यार्थी संगठनका त्रिचन्द्र इकाई अध्यक्ष भएको पाइएको छ ।

तर, अनुसन्धानका क्रममा सिलिण्डर नभई बम विस्फोट भएको पाइएको छ । दुबै घटनास्थलमा सिलिण्डर भेटिएको छ । तर, त्यसमा कुनै क्षति भएको छैन ।

घट्टेकुलोमा विप्लव समूहको नेपाल बन्द सफल पारौं भन्ने पर्चा भेटिएको छ भने घाइते भएका रविन केसी विप्लव समूहका विद्यार्थी नेता भएको पुष्टि भएको छ ।


प्रतिकृया दिनुहोस