राजधानीको सुकेधारा र घट्टेकुलो विस्फोटमा ३ जनाको मृत्यु ४ घाइते

काठमाडौं । अनामनगर र सुकेधारामा  सिलिन्डर ग्यास विस्फोट हुँदा तीनजनाको मृत्यु भएको छ । आइतबार दिउँसो भएको विस्फोटमा अनामनगरमा एक र सुकेधारामा दुई जनाको मृत्यु भएको हो। 

सुकेधारा विस्फोटमा अन्य चारजना घाइते भएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डीएसपी फडिन्द्र प्रसाईंले जानकारी दिए । 

अनामनगरमा भएको विष्फोटमा एक जनाको मृत्यु भएको  सिंहदरवार वृत्तका डीएसपी काजीकुमार आचार्यले जानकारी दिए । विस्फोटको थप विवरण आउन बाँकी छ । 


प्रतिकृया दिनुहोस