टिपर दुर्घटना हुँदा चालकको मृत्यु सह चालक भने फरार

गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–७ चिउरेभीरमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

गोरखाबाट चनौटे जाँदै गरेको  बा ५ ख १९८२ नम्बरको टिपर शनिबार राति १० बजे सडक भन्दा करिब एक सय २० मिटर तल दरौँदी नदीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा टिपर चालक सिरानचोक गाउँपालिका–७ भालुस्वाँरा बस्ने २० वर्षका सुमन खड्काको मृत्यु भएको हो । 

टिपरका सहचालक अझै बेपत्ता रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस