दिउँसै सुनपसल चोरी गर्ने ७ भारतीय प्रकाउ

काठमाडौं । सुनपसल चोरी गर्ने ७ जना भारतीय नागरिक प्रकाउ गरेको छ । आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरी चोरी गर्ने गिरोहलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्ने सबैजना भारत मोतिहारी घोडासहनी घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका –६ मनोहरा बस्दै आएको पत्रकार सम्मेलनमा परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।  

पक्राउ पर्नेहरुमा वर्ष २७ को हस्लम अला, वर्ष २२ को सहजित खान, वर्ष १९ को लड्डु कुमार, वर्ष १८ को जहकी कुमार, वर्ष ३८ को सहिनुला, धर्मेन्द्र पट्टेल र वर्ष २७ को फिरो अलाम रहेका छन् । 

कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानीस्थित जेठ ७ गते राती १० बजेतिर गौतम कुमार विश्वकर्माले सञ्चालन गरेको ‘हाम्रो सुनचाँदी’ पसलको सटर फोर्दै गरेको अवस्थामा उनीहरुलाई महानगरीय प्रहरी वृत्त बौद्वबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको एसएसपी सुवेदीले बताए । 

पक्राउ परेका उनीहरुको साथबाट सुनजस्तो देखिने पहेलो धातु २२ लाल, चाँदी जस्तो देखिने सेतो धातुका गरगहना ५ केजीभन्दा बढी, सटर काट्न प्रयोग गर्ने कैची २ थान, सटर फोर्न प्रयोग गर्ने रड ३ थान र अन्य औजारहरु बरामद गरिएको छ । 

प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरुले दिउँसो पनि चोरी गर्ने र नेपालीहरुलाई आतंकित बनाउँदै आएको खुल्न आएको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...