धरानमा दिनदहाडै बैँक कर्मचारीमाथि गोली प्रहार, चार लाख लुटियो

धरान । धरानमा बैँक कर्मचारीमाथि गोली प्रहार गरि चार लाख लुटिएको छ ।  धरान उपमहानगरपालिका–५ स्थित साउनेमा गोली हानेर लुटपाट गरिएको छ । जीवन विकास संस्था एकजना कर्मचारीमाथि गोली हानेर लुटपाट गरिएको हो ।

गोली प्रहारबाट संस्थाका कर्मचारी शम्भु गच्छदार घाइते भएका छन् । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।  गोली हान्‍ने समूहले गच्छदारको साथबाट ४ लाख रुपैयाँ लुटेको छ ।

जिल्ला प्रहरी कार्यलय सुनसरीका एसपी राजन अधिकारीले घटनाको पुष्टि गरेका छन् । घटनास्थलमा इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेसहितको टोली पुगिसकेको छ । घटनापछि धरान बजार र नजिकका नाकामा कडाई गरिएको प्रहरीले जनाएको छ । 


प्रतिकृया दिनुहोस