अख्तियारद्धारा नापी सर्वेक्षक एक लाख ५० हजार घुससहित पक्राउ

काठमाडौं । सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख ५० हजार घुससहित नापी सर्वेक्षक पक्राउ गरेको छ । नापी कार्यालय साँखुका नापी सर्वेक्षक श्याम कृष्ण न्यौपाने र लेखापढी व्यवसायी विष्णु केसीलाई घुससहित पक्राउ गरेको अख्तियारले जनाएको छ ।

जग्गा हालसाविक गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा दुवैजनालाई नापी कार्यालय साँखुबाट पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...