भाउजूसँग अवैध सम्बन्ध राखेको देखेपछि श्रीमतीको घाँटी थिचेर हत्या

लहान । भाउजुसँग अबैध सबन्ध राखेको देखेपछि श्रीमतीको हत्या गरिएको छ । सिरहा बस्तीपुरकी २९ वर्षीया रितुदेवी यादवको आफ्नै पतिले घाँटी थिचेर हत्या गरेको खुलेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयामा बिहीबार पत्रकार सम्मेलन गरी प्रहरीले उनकै पति ३५ वर्षीय चन्देश्वर खेरवार यादवले रितुदेवीको घाँटी थिचेर हत्या गरेको जनाएको हो ।

कर्जन्हा नगरपालिका–११ बस्तीपुर हटलेटवाकी रितुदेवीको तीन दिनअघि हत्या भएको थियो । ७ जेठमा उनको शव आफ्नै घरको कोठामा फेला परेको थियो । चन्देश्वरलाई प्रहरीले पक्राउ गरेको छ । सिरहा जिल्ला अदालतबाट बुधबार म्याद थप गरी कारबाही अघि बढाइएको सिरहाका प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले बताए ।

चन्देश्वर साउनमा साउदी अरबबाट फर्किएका थिए । भाउजूसँग अवैध सम्बन्धका कारण छोरीको हत्या भएको बाबु कपुल यादवले बताए । भाउजूसँग अवैध सम्बन्ध स्थापित भएपछि उनले श्रीमतीलाई कुटपिट गर्न थालेका थिए । कुटपिटकै कारण करिब अढाई महिनाअघि छोरीको तीन महिनाको गर्भसमेत खेर गएको बाबु कपुलको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...