ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

रुकुम (पूर्व)। जिल्लाको भुमे गाउँपालिका –५ बालुवामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पुथा उत्तरगंगा गाउँपालिकाको देउखोलाबाट सिस्ने गाउँपालिका –६ रुकुमकोटतर्फ आउँदै गरेको ग १ त २५९२ नम्बरको ट्याक्टर पल्टिएर सानीभेरी नदीमा खस्दा दुई जनाको मृत्यु हुनुका साथै एकजना घाइते भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी ज्यान गुमाउनेमा रुकुम पूर्व सिस्ने गाउँपालिका –४ अमलाचौरका रामचन्द्र बोहरा र रुकुम पश्चिम त्रिवेणी गाउँपालिका –५ का लक्ष्मण ओली रहेका छन् । बोहराको घटना स्थलमै र ओलीको उपचारका क्रममा जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका निमित्त प्रमुख प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताए । 

घाइते भएका पुथाउत्तरगंगा गाउँपालिका –४ का कृष्ण रसाइलीको जिल्ला अस्पताल रुकुम पश्चिममा प्रारम्भिक उपचारपछि नेपालगञ्ज मेडिकल, शिक्षण अस्पताल कोहलपुर पठाइएको प्रहरीले जनाएको छ । ट्याक्टर चालक दाङका २२ वर्षीय अनन्त रावत प्रहरी नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस