शौचालय गएकी किशोरीलाई नदिए मारिदिने भन्दै ३ जना युवाले गरे सामुहिक बलात्कार

म्याग्दी । मध्यरातमा घर नजिकैको शौचालय गएकी १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जेठ ७ गते राती पिसाव गर्न घर नजिकैको शौचालय गएकी नाम परिवर्तन संगितालाई बलात्कार गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा म्याग्दी बेनी नगरपालिका–५ का २६ वर्षिय कृष्ण विक, सोही ठाउँका २१ वर्षिय विकास किसान र १९ वर्षिय प्रेम किसान रहेका छन् । उनीहरुले संगितालाई करणी गर्न नदिए मारिदिने भन्दै नजिकैको जंगलमा लगेर बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका उनीहरुलाई जबरजस्ती करणी मुद्दा दर्ता गरी म्याग्दी जिल्ला अदालतबाट हिरासतमा राख्नको लागि ३ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...