दाइजोमा मोटरसाइकल नदिएपछि बेहुलीलाई मण्डपमै छाडेर भाग्ने राजवंशी पक्राउ

विराटनगर । दाइजो बढी माग गर्दै विवाह मण्डपमै बेहुली छाडेर भाग्ने बेहुला प्रहरीको फन्दामा परेका छन् । मोरङ जहदा गाउपालिका– ४ बस्ने वर्ष २४ को लक्ष्मण राजवंशीलाई प्रहरी पक्राउ गरी मुद्दा चलाउन आदलतबाट म्याद थप गराएको छ ।

परम्परागत रुपमा यही जेठ ४ गते जहदाकै २१ वर्षीय युवतीसँग विवाह भइरहेको अवस्थामा राजवंशी माग बमोजिमको दाइजो नदिएको भन्दै विवाह गर्न अस्वीकार गर्दै हिँडेका थिए । उनलाई प्रहरीले चार दिनपछि पक्राउ गरेर अदालतमा पेश गरेको छ । 

लक्ष्मणलाई प्रहरीले बुधबार जहदाबाट पक्राउ अदालत पेश गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले भने,‘‘राजवंशीलाई मुलुकी अपराध ऐन २०७४ अन्तर्गतको विवाह सम्बन्धी कसूर बमोजिम जिल्ला अदालत मोरङबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको छ ।’’ 

श्रेष्ठका अनुसार दुवै पक्षको परिवारबीच कुराकानी मिली राजीखुशीका साथ गत जेठ ३ गते विवाह गर्ने तय भएअनुसार सम्पूर्ण तयारी पूरा भएको थियो ।

विवाहको कार्यक्रमको दौरान लक्ष्मणले थप दाईजो दिनुपर्ने भन्दै अड्डी कसेका थिए ।   उनले बेहुली पक्षलाई मोटरसाइकल, सुनको सिक्री र डायनिङ टेलव दिनुपर्ने भन्दै दबाब दिए तर बेहुली पक्षले दिन नसक्ने भनेपछि उनी विवाहको मण्डप नै छाडेर भागेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको मोरङ प्रहरीले जनाएको छ ।  

आर्थिक अवस्था न्यून भएकोले माग भए बमोजिमको सामग्री दिन नसक्ने कुरा बताएपछि बेहुला पक्ष बेहुलीलाई मण्डपमै छाडी गएका थिए । बेहुलालाई बेहुली पक्षको उजुरीको आधारमा पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...