२२ वर्षीय विद्यार्थी छिरिङले प्रधानाध्यापकको आँखा फुटाए

काठमाडौँ । विद्यार्थी र अभिभावकको झगडा छुट्टयाउन जाँदा प्रधानाध्यापकको आँखा फुटेको छ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ मा रहेको अनाथ र गरिब परिवारका बालबालिकालाई होस्टलमा राखेर पढाउँदै आएका विद्यालयका प्रधानाध्यापक निर्मल तामाङको विद्यार्थीको कुटाइबाट आँखा फुटेको हो ।

विद्यार्थीको कुटाइबाट तामाङको देब्रे आँखा फुटेको हो । २२ वर्षीय विद्यार्थी छिरिङ तामाङको कुटाईबाट प्रिन्सिपल तामाङ घाइते भएका हुन् । अभिभावकमाथि जाइलागेका छिरिङलाई छुट्याउन जाँदा उनले प्रधानाध्यापकमाथि नै कुटपिट गरेका थिए ।

छिरिङ विद्यालयबाट १० १५ दिन हराउने र फेरि सम्पर्कमा आउने गरेपछि  उनका अभिभावकले आफ्नो छोरा समय समयमा यसरी विद्यालयबाट हराउनुको पछाडि कतै लागुऔषध दुर्व्यसनीमा फसेको त होइन भन्ने विषयमा विद्यालयका निर्देशक महावीर लामाको कार्यकक्षमा सोधपुछ गर्ने क्रममा उनले अभिभावकमाथि आक्रमण गरेका थिए । आक्रमण छुटाउने क्रममा प्रिन्सिपल तामाङको देब्रे आँखामा गम्भीर चोट लागेको छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...