मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, दुई जना घाइते

मकवानपुर । कैलाश गाउँपालिका– २ बैकुण्ठमा बुधबार राति हावा हुरीसँगै परेको चट्याङ लागेर एक जनाको ज्यान गएको छ । चट्याङ लागेर अन्य दुई जना घाइते भएका छन् । 


चट्याङ लागेर बैकुण्ठकी ६५ वर्षीया साइलीमायाँ मोक्तानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताउनुभयो ।


यस्तै चट्याङ लागेर यही ठाउँका ३९ वर्षीय विनामायाँ मोक्तान र ७० वर्षीय डोल्मा बल गम्भीर घाइते भएका छन् । उनीहरुको डाँडाखर्क स्वास्थ्य चौकीमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...