ल्यापटप बोकेर घरबाट हिँडेकी श्रेया हराएपछि परिवार तनावमा

काठमाडौँ । इलामको सुर्याेदय नगरपालिका–१ १४ वर्षीया श्रेया कुटवाल सोमबारदेखि काठमाडौबाट हराएकी छन् । काठमााडौंको बसुन्धारामा रहेको साउथ वेष्टन स्कुलमा अध्ययनरत बालिका घरबाट हराएको परिवाले बताएका छन् ।

 सोमबार बिहान ६ बजे स्कुल जान तयार भएकी श्रेयाको विद्यालय पोसाक भने कोठामै भेटिएको छ। मामा टेकराज खत्रीको घरमा बस्दै आएकी कटुवाल बसुन्धाराको साउथ वेस्टन स्कुलको कक्षा ९ मा अध्यानरत थिइन्। बिहानै ल्यापटप बोकेर घरबाट हिँडेकी श्रेया रातिसम्म घर नफर्किएको दिदी अनिता कटुवालले जानकारी दिइन्। 

उनलाई खोज्न श्रेयाका बाबु अम्बिर कुटुवाल काठमाडौं पुगेका छन् । बालिकाले फोन भने कोठामै छोडेको दिदी अनतिाको भनाइ छ। श्रेया बसेको स्थानबाट उनले बढ्ने विद्यालय दुई मिनेटको दुरीमा छ । प्रहरीलाई सोमबारनै जानकारी दिएको अनिताले बताइन् । उनले छोरीको खोजीका लागि पहल गरिदिन सबैलाई अनुरोध गरेकी छन् । 

प्रतिकृया दिनुहोस