सुनचाँदी पसलको सटर तोड्दै गरेका ७ जना मूलपानीबाट पक्राउ

काठमाडांै । प्रहरीले सुनचाँदी पसलको सटर तोड्दै गरेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ।

मंगलबार राति कागेश्‍वरी मनोहरा नगरपालिका–६, मूलपानीस्थित गौतम कुमार बिकको सुनचाँदी पसलको सटरको ताल्चा फोड्दै गरेको अवस्थामा ७ जनालाई पक्रउ गरेको हो।

पक्राउ पर्नेमा भारत मोतीहारी, घोडा सहनी घर भई हाल सोही मूलपानीमै सिरक डसना बनाई बस्ने १९ वर्षीय लड्डुकुमार सहित ७ जना रहेको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी विट मुलपानीबाट खटिएको प्रहरीले उनीहरुलाई ताल्चा फोड्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

उनीहरुको साथबाट सुनजस्तो देखिने पहेँलो धातु अन्दजी २२ लाल, चाँदीजस्तो देखिने सेतो धातु २ केजी, सटर काट्न प्रयोग गर्ने सलाई रेन्च २ थान तथा करिब १ लाख ४९ हजार रुपैयाँ बराबरको चोरी गरेको धनमाल समेत प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ।

सातै जनालाई हिरासतमा लिइ आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरील जनाएको छ। ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...