पाँचथर हत्या प्रकरणः बाँच्न सफल १२ वर्षीया बालिका भन्छिन् आक्रमणकारी मुकुन्डो लगाएर आएका थिए

काठमाडौँ । अज्ञात समूहको आक्रमणबाट भागेर बाँच्न सफल भएकी १२ वर्षीया सीता खुजुमका अनुसार मकुन्डोधारी समूहले १२ बजेभन्दा अघि नै हत्या गरेको प्रहरी समक्ष बयान दिएकी छन् । पाँचथरको मिक्लाजुङ गाउँपालिका आरुबोटेमा २ परिवारका नौ जनाको विभत्स हत्या भएको छ ।

अज्ञात समूहले ससुरा बमबहादुर फियाक र ज्वाइँ धन बहादुर शेर्माको परिवारको हत्या गरेको हो । घटना अहिलेसम्म रहस्यमय नै छ । हत्या गरिएका धनबहादुर शेर्माको घरमा केही दिनअघि पनि अर्को घटना पनि घटेको पाइएको छ ।

मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ की वडाध्यक्ष उर्मिला राईका अनुसार धन बहादुर शेर्माको घरमा ४ दिनअघि मात्र अर्को रहस्यपूर्ण घटना घटेको थियो । राईका अनुसार गाउँमा धन बहादुर शेर्मा सानो पसल सञ्चालन गर्दै आएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...