प्रतिनिधि सभाको बैठक आज पनि, तीन ओटा विधेयक छलफलका लागि पेश गर्ने

बैठक दिउसो एक बजेपछि बस्ने

काठमाडौं ।  संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज पनि बोलाइएको छ । दिउसो एक बजेपछि बस्ने बैठकमा तीन ओटा विधेयक छलफलका लागि पेश गर्ने कार्यक्रम रहेको छ ।

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले  'वन विधेयक, २०७५ र 'वातावरण संरक्षण विधेयक, २०७५ माथि विचार गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने भएका छन् । 

त्यसैगरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले 'भूमि सम्बन्धी (आठौं संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुने संसद सचिवालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस