सर्लाहीका उखु किसानको रिले अनशन स्थगित

सर्लाही । उद्योगीसँग पाँच बुँदे सहमति भएसँगै सर्लाहीका उखु किसानले रिले अनशन स्थगित गरेका छन् । उद्योगमा उखु बिक्री गरेको लामो समयसम्म पनि पैसा नपाएको भन्दै जिल्लाको दक्षिण–पश्चिम भेगका किसानले अस्तिेदेखि सदरमुकाम मलङ्गवास्थित सहिद चौकमा रिले अनसन सुरु गरेका थिए ।

जिल्ला प्रशासन कार्यालयको पहलमा हिजो भएको वार्तापछि उद्योगी र आन्दोलित किसानबीच पाँच बुँदे सहमति भएको हो ।  जसअनुसार अन्नपूर्ण चिनी उद्योग पश्चिम धनकौलले किसानलाई तिर्नुपर्ने अघिल्ला वर्षहरूको १२ करोड ५० लाख असार मसान्तसम्म र यस वर्षको ३७ करोड असोज मसान्तभित्र भुक्तानी गर्ने उल्लेख गरिएको छ । त्यसका लागि उद्योगलाई चिनी बिक्री गर्न कुनै पनि किसिमको अवरोध नगर्ने सहमति भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जानकारी दिए । 

उनका अनुसार चिनी बिक्री गरेपछि ८५ प्रतिशत रकमबाट किसानलाई भुक्तानि गर्ने र बाँकी १५ प्रतिशत रकमबाट उद्योगले प्रशासनिक खर्च गर्ने पनि सहमति भएको छ । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...