सगरमाथाको उचाइ नाप्ने टोली आज चुचुरोमा पुग्ने

काठमाडौं । सगरमाथाको उचाइ नाप्नका लागि चढेको नापी विभागको प्राविधिक टोली मौसमा कुनै उतारचडाव नआए आज सगरमाथाको चुचुरोमा पुग्ने भएको छ । टोली हिजो साउथ कोलमा पुगेको थियो । नापी विभागका सगरमाथा उचाइ मापन सचिवालयका प्रमुख सुशील डङ्गोलले मापन टोली हिजो सगरमाथाको साउथ कोलमा पुगेर विश्राम गरेको जानकारी दिँदै आज बिहानसम्म चुचुरोमा पुग्ने लक्ष्य राखिएको बताए ।

नापी विभागका प्राविधिक खिमलाल गौतमको नेतृत्वमा चारजना उचाइ मापनका लागि सगरमाथा आरोहण गरिरहेका छन् । टोली काठमाडौँबाट चैत २७ गते आधार शिविर पुगेको थियो । मापनका लागि गएको टोलीले करिब एक महिनासम्म त्यहाँको वातावरणमा आफूलाई अनुकूलन गराएका थिए ।

सगरमाथा मापनका लागि जीएनएसएस रिसिभर र जीपीआर नामक उपकरण चुचुरोमा लगिदैँछ । उपकरणसहित चुचरोमा पुगेको टोली र नियन्त्रण बिन्दुमा रहने प्राविधिकबीच एउटै समयमा नाप लिनुपर्ने हुन्छ । यसका लागि तल रहेका आठवटा बिन्दुमा पनि प्रावधिक खटिएका छन् ।

नियन्त्रण विन्दुमा भएका प्राविधिक र चुचुरोमा भएकाबीच स्याटेलाइटबाट सूचना आदानप्रदान र सम्पर्क हुने व्यवस्था मिलाइएको छ । नेपाल सरकारको तर्फबाट पहिलोपटक सगरमाथाको उचाइ मापन गर्न लागिएको हो । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...